२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगर प्रहरीद्वारा मरेको माछा नष्ट


बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो ।

रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले बिक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ती माछा प्रक्रिया पूरा गरी आज खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमान्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिए ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा बिक्री वितरण पूर्णरुपमा प्रतिबन्ध छ ।

चाडबाड नजिकिएसँगै लुकिछिपी अस्वस्थकर माछा बिक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ ।

नगर प्रहरीले यसअघि पनि ठूलो परिमाणमा प्रतिबन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो । बिर्तामोडलाई मरेको माछाबाट मुक्त गर्न पालिकाले नीति नै बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer