२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा नगरस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने


बिर्तामोड, भदौ ३० । झापाको शिवसताक्षी नगरपालिकामा पहिलोपटक भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा नम्बर ३ को भेट्रान क्लबले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

शिवसताक्षी वडा नम्बर ३ मा रहेको पाराबारी बजारमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो ।

क्लबका अध्यक्ष मनकुमार लिम्बू (तारा) का अनुसार ले दशैँको अवसरमा यही असोज २४ देखि एक सातासम्म स्थानीय भानु माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा झापाका मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक नगरपालिका, आयोजकको २ टिम र मोरङको उर्लाबारीको अतिथि टिमसहित आठवटा टिमको सगभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजारट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख खर्च अनुमान गरिएको छ ।

प्रत्येक खेलबाट म्यान अफ द म्याचलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिजलाई समेत ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने वडाका जनप्रतिनिधि समेत रहेका खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए ।

विजेताको पुरस्कार वडा कार्यालयले उपलब्ध गराउने वडाध्यक्ष भाष्कर न्यौपानेले प्रतिबद्धता जनाएका छन् । उपविजेताको पुरस्कार राशी हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाङगुले उपलब्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer