२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीका तामाङको रुखमाथि नै मृत्यु !


बिर्तामोड, भदौ ३१ । झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेका एकजना ज्येष्ठ नागरिक रुखको कापमै अड्किएको अवस्थामा मृत फेला परेका छन् ।

शिवसताक्षी –८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथिमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका उनी घाँस काट्दै गर्दा रुखमै बेहोश हुँदा हाँगामा अड्किन पुगेका थिए ।

करिब ४० फिट अग्लो खरीको रुखको हाँगामा बेहोश भएर अड्किएका उनलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ उच्च रक्तचापको बिरामी भएको बुझिएको छ ।

झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer