२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराका प्रदिपलाई कोरियन एम्बेसडर तेक्वान्दोमा स्वर्ण


बिर्तामोड, असोज १ । झापा अर्जुनधाराका प्रदिप विश्वकर्माले काठमाडौँमा आयोजित ११औँ कोरियन एम्बेसडर खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा झापा अर्जुनधाराका प्रदिपले स्वर्ण जितेका हुन् ।

अर्जुनधारा नगरपालिकाबाट सूर्योदय तेक्वान्दो डोजाङको नेतृत्वमा सहभागी खेलाडीमध्ये प्रदिप विश्वकर्माले जुनियर ६३ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

इटहरीका सञ्जाल श्रेष्ठलाई फाइनलमा हराउँदै प्रदिप पहिलो भएका हुन् । विशान्त केसी र सोनम लामाले तेस्रो स्थान हात पारे । अर्जुनधारा नगर तेक्वान्दो विकास समितिका अध्यक्ष तथा प्रशिक्षक दिपेन दनुवारका अनुसार अर्जुनधाराबाट ७ खेलाडी सहभागी थिए ।

झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुमार भट्टराईले राष्ट्रमा नगरसँगै झापा जिल्लाको नाम राख्न सफल भएको भन्दै शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘खेलको अनुशासनभित्र रहेर अन्तर्राष्ट्रिय रुपमा पदक ल्याउन र ख्याति कमाउन सफलता मिलोस् । आशीर्वाद छ ।’

प्रतियोगितामा ७११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी थिए । पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer