२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जुम्लाको फुजी स्याउ बिर्तामोडमा, सहारा नेपालले बजारीकरणमा सहयोग गर्दै


सहारा नेपालमा भण्डारण गरिएको जुम्लाको स्याउ देखाउँदै लेखा विभागका महेश शाह ।

बिर्तामोड, असोज २ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने लक्ष्यका साथ झापा चारपानेको सहारा नेपाल साकोसले जुम्लाको स्याउको बिक्री सुरु गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीका अनुसार पहिलो चरणमा जुम्लाबाट छ हजार केजी स्याउ झापाको बिर्तामोड आइपुगेको छ । उनले झापाका सहकारीहरुलाई बिक्री प्रबर्द्धन गर्न आग्रह पनि गरेका छन् ।

सहारा नेपालको सहजीकरणमा जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेको जुम्ली स्याउ बिर्तामोडमा आइपुगेको गिरीले जानकारी दिए ।

जुम्लाबाट कालीकोट, दैलेख, सुर्खेत हुँदै नेपालगञ्ज भएर छ दिनमा स्याउ झापा ल्याइपुर्याएको चन्दननाथ सहकारीका वित्तीय प्रमुख रामकृष्ण धरलाले जानकारी दिए ।

सहाराले जुम्लाबाट झिकाएको स्याउको बजार मूल्य प्रतिकेजी २५० रुपैयाँ कायम गरेको लेखा विभागका महेश शाहले जानकारी दिए ।

जुम्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ । झापा आएको स्याउ फुजी जातको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer