२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

युवामा हृदयघात गराउने यस्ता छन् सात कारण


बिर्तामोड, असोज ३ । हाम्रो शरीरको हरेक अंगलाई बाँच्न र सामान्य रुपले काम गर्न अक्सिजन अनि रगतको आवश्यकता पर्छ । शरीरको हरेक अंगमा रगत पु¥याउने काम ठुला–साना धमनीले गर्छ । हाम्रो मुटुले भने यी नलीहरुमा रगतको एकनास प्रवाह गराउन पम्पको काम गर्छ ।

मुटु स्वयमलाई पनि सही रहनका लागि रगत र अक्जिनको आवश्यकता पर्छ । यसका लागि मुटुमा रगत प्रवाह गर्ने धमनीहरु हुन्छन् । ती धमनीलाई कोरोनरी आर्टरिज भनिन्छ । जबकि यी कोरोनरी आर्टरीमा कुनै कारणवश अवरोध हुनजान्छ, त्यसबेला मुटुको मांसपेशीमा रगतको कमि हुन्छ । यही कारणले मांसपेशीको मृत्यु हुन जान्छ र यस स्थितिलाई हृदयघात अर्थात हार्ट अट्याक्ट भनिन्छ ।

के कारणले यस्तो हुनसक्छ ?

उच्च रक्तचाप

अनियन्त्रित उच्च रक्तचापले मुटुको धमनीहरुमा तनाव पैदा गर्छ । त्यसैले ती धमनीहरु मोटो र साँघुरो हुँदै जान्छ । यसको कारण मुटुलाई पम्प गर्न कठिन हुन्छ । यो हृदयघातका लागि जोखिमयुक्त हुन्छ ।

खराब कोलेस्टरोल

खराब कोलेस्टरोल पनि हृदयघातको कारण बन्न सक्छ । खराब कोलेस्टरोल मुटुको धमनीमा जम्मा हुँदै जान्छ । यसले ती धमनीहरुको कार्यसंचालनमा बाधा पु¥याउन थाल्छ । यही कारण हृदयघात हुनसक्छ ।

मधुमेह

मधुमेह खासगरी टाइप–२ मधुमेहले हृदयघातको जोखिम बढाउँछ । रगतमा चिनीको स्तर बढ्दा मुटुको धमनीमा असर गर्न थाल्छ साथसाथै यसले स्नायु प्रणालीलाई पनि प्रभावित बनाउँछ ।

मोटोपन र निस्क्रिय जीवनशैली

मोटोपनले मुटुको धमनीमा अवरोध पैदा गर्छ । रक्त प्रवाह राम्ररी हुन सक्दैन । यसले गर्दा हृदयघात हुनसक्छ ।

खासगरी निष्क्रिय जीवन बिताउनेहरुलाई यस्तो जोखिम बढी हुन्छ । शारीरिक गतिविधि नगर्ने र आरामको जीवन रोज्नेहरुमा मोटोपनको खतरा हुन्छ । मोटोपनले मुटुको कार्य सम्पादनमा असर गर्छ ।

अधिक व्यायाम

व्यायाम गर्नु त शारीरिक स्वास्थ्यका लागि राम्रो हो । तर, अधिक मात्रामा गरिने व्यायामले कहिले काहीँ मुटुलाई जोखिममा पार्न सक्छ । जथाभावी ढंगले अधिक समय व्यायाम गर्दा हृदयघात हुने खतरा हुन्छ । खसगरी ३५ वर्षभन्दा माथिकालाई यस्तो समस्या हुनसक्छ ।

अत्यधिक तनाव

तनाव र मुटुको सोझो सम्बन्ध छ । जब हामी धेरै तनावग्रस्त हुन्छौँ, त्यसले मुटुलाई प्रभाव पार्न थाल्छ । तनावको स्थितिमा मुटुले आफ्नो काम स्वभाविक लयमा गर्न सक्दैन । जब हामी नियमितजसो तनावग्रस्त रहन्छौँ यसले हृदयघातको खतरा बढाइदिन्छ ।

धूमपान

धूमपान हृदयघातका लागि निकै जोखिमयुक्त हुन्छ । चुरोटको धुँवामा कार्बन मोनोअक्साइड, निकोटिन र विभिन्न विषाक्त पदार्थसहित हानिकारक रसायन हुन्छ । जब एक व्यक्तिले धूमपान गर्छ, यी पदार्थहरु रक्तप्रवाहमा प्रवेश गर्छ र हृदय प्रणालीमा धेरै प्रतिकूल प्रभाव पार्न थाल्छ ।

उदाहरणका लागि निकोटिनले मुटुको धड्कन र रक्तचाप बढाउँछ । धुँवामा भएका रसायनहरुले रक्तनलीलाई क्षति पु¥याउँछ । यी रसायनले धमनीलाई साँघुरो पार्न र हृदयको मांसपेशीमा रक्त प्रवाह घटाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer