२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको अम्बिका माछा फ्राइबाट कुहिएको माछा बरामद


दमक, असोज ८ । माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ ।

दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल भण्डारण तथा कुहिएका माछाहरू बरामद गरेको हो ।

सो टोलीले माछा फ्राइको अनुगमन गर्दा बिक्रीका लागि ल्याएको माछा भारतबाट आयात गरी राखिएको अवस्थामा फेला पारेको थियो ।

सो माछा अवैध रुपमा भित्र्याएको पाइएपछि अनुगमन टोलीले नगर प्रहरी लगाएर माछा जफत गरेको थियो ।

दमक नगरपालिकाले यसअघि सूचना निकालेर मरेका माछा बिक्रीमा प्रतिबन्ध लगाएको थियो । अम्बिका माछामा सडेको माछा बिक्री गर्ने गुनासो रहँदै आएको थियो ।

दमकपछि अम्बिका माछा फ्राइ भनेर बिर्तामोडमा होटल सुरु गरिएको भए पनि ग्राहकले स्वाद मन नपराएरपछि सुनसान जस्तै हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer