२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

रहिनन् ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ की गायिका दिलमाया


बिर्तामोड, असोज १७ । यो वर्षको दशैँको सम्मुखमै दशैँ सन्दर्भको वियोगको गीत गाएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ ।

‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ बोलको गीतकी गायिका खातीको गएराति निधन भएको हो । नारायण गोपालको आग्रहमा उनले यो गीत गाएकी थिइन् । जुन अहिले पनि निकै लोकप्रिय छ ।

उनको जन्म सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा भएको हो । खाती लामो समयदेखि दमको रोगबाट पीडित थिइन् ।

दिलमाया खाती पहिलोपटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनले नेपाली गीत गाउन थालेकी थिइन् ।

अविवाहित दिलमायाले वरिष्ठ गायकगायिका एवम् संगीतकारसँग काम गरेकी छन् । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन् ।

त्यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उनले सहकार्य गरिन् । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । उनले १५० भन्दा धेरै नेपाली गीत गाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer