२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा गर्भवती महिलालाई भिडियो एक्स–रे निःशुल्क


बिर्तामोड, असोज २३ । झापाको झापा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रेको सुविधा उपलब्ध गराउने भएको छ ।

कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेको सेवा लिन पाउने जानकारी दिइन् । झापा गाउँपालिका–३ कामाटोलीमा रहेको आधारभूत अस्पताललाई स्वास्थ्य कार्यालय झापाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको उनले बताइन् ।

भिडियो एक्स–रे मेसिन उपलब्ध भए पनि दक्ष प्राविधिक नभएकाले सञ्चालनका आउन ढिलो हुने भएको छ । तालिम दिएर चाँडै नै प्राविधिक व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाले ६ लाख ८९ हजार बराबरको उक्त मेसिन गाउँपालिकालाई प्रदान गरेको हो । यसमा प्रिन्टर १ सेट , स्ट्यान्ड १ सेट र जेल ५ लिटर रहेको स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer