२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्जकी रविनाले जन्माइन् तिम्ल्याहा बच्चा


दमक, असोज २५ । झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगञ्ज गाउँपालिका–४ स्थित भवानीपुर सुकुम्बासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् ।

उनले तेस्रो सन्तानको रुपमा तीनवटा छोरालाई जन्म दिएका हुन् । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको सञ्जय ताजपुरियाले जानकारी दिए । विपन्न परिवारकी रविनालाई बच्चाहरूको पालनपोषण गर्न गाह्रो हुने भएकोले गाउँपालिकामा आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको जनाइएको छ ।

तिम्ल्याहा बच्चाको जन्म सात महिनामै भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी बेथा लागेपछि गौरीगञ्ज अस्पताल पुगेकी ताजपुरियालाई अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि आम्दा अस्पताल दमक पु¥याइएको थियो ।

त्यहाँ पनि सम्भव नभएपछि नोबेल लगिएको थियो । हाल बच्चा र आमा चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । ताजपुरियाकी यसअघि पहिलो र दोस्रो गरी २ सन्तान थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer