२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीमा भव्य दुर्गापूजाको तयारी


मेचीनगर, असोज २७ । हरेक वर्ष भव्यरुपमा आयोजना गरिँदै आएको झापाको धुलाबारी बजारमा यसपटक पनि सामुहिक दुर्गा पूजा ९आइतबार० घटनास्थापनाबाट सुरु हुँदैछ ।

धुलाबारी हाट बजारमा अस्थायी पन्डालमा दुर्गा माताको मूर्ति राखेर स्थल सजाइएको छ । साथै, वरिपरि सजिसजाउ लाइट जडान गरिएको छ । धुलाबारी हाट बजार दुर्गा पूजा समितिको आयोजनामा २०६५ सालबाट निरन्तर पूजा आराधना गरिँदै आएको छ ।

स्थानीय व्यापारीको आर्थिक सहयोगबाट दुर्गा पूजा सम्पन्न गर्न लागिएको समितिका अध्यक्ष प्रमोद साहले जानकारी दिए । सामुहिक दुर्गा पूजाका लागि तरकारी, कपडा तथा हाटबजारका व्यापारीले आर्थिक सहयोग गर्ने गर्दछन् ।

समितिको उपाध्यक्षमा चन्द्र भट्टराई, सचिवमा सनोज साह, कोषाध्यक्षमा पंकज सराफी र सहसचिवमा मुन्ना साह छन् । समिति २१ सदस्यीय रहेको छ । यद्यपि, पूजा सम्पन्न गर्नका लागि ५१ सदस्यीय मूल आयोजक समिति बनाइएको छ ।

करिब १० लाख रुपैयाँ खर्चिएर पूजास्थल सजाइएको छ । उक्त दुर्गा पूजा पूर्वकै ठूलो मानिन्छ । नौ दिनसम्म हरेक दिन पूजापाठ तथा भजन कीर्तन हुनेछ । दुर्गा पूजामा भक्तजन तथा दर्शकहरु हरेक साँझ २ हजारभन्दा बढी आउने गरेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer