२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दशैँको खानपिन र हाम्रो स्वास्थ्य


बिर्तामोड, असोज ३० । महान पर्व बडादशैँ आइसकेको छ । यो पर्वमा ठुलाबढासँग आशीर्वाद लिने त छँदैछ । सपरिवार आफन्त भेला भएर मिठामिठा खानेकुरा खाने चलन हुन्छ । तर, हामीले दशैँमा खाने कतिपय पदार्थले अस्वस्थ बनाउन सक्छ ।

कतिपय पदार्थहरुको प्रयोग क्यान्सर रोग बनाउने कारक पनि हुनसक्छ । तसर्थ, दशैँका बेलामा यी कुराहरुमा विशेष ध्यान दिऔँ ।

सूर्तीजन्य पदार्थको सेवन

दशैँका बेलामा कतिपयले अझै पनि चुरोट खैनी तमाखु जस्त पदार्थहरु कोशेलीका रुपमा लैजाने चलन छ । तर, यसको सेवनले प्रत्यक्ष रुपमा स्वास्थ्यमा हानि पुर्याउँछ । चुरोेट, बिँडी,खैनी, सुर्ती जस्ता सुर्तीजन्य पदार्थहरुमा चारहजार भन्दा बढी प्रकारका हानिकारक रसायनिकतत्वहरू रहेका हुन्छन । सूर्तीजन्य पदार्थको सेवनले फोक्सो, जिब्रो, गिजा, गाला, घाँटी, अन्ननली, आमाशय, पाठेघर, पिसाबथैली र प्रोस्टेट आदि अंगहरुको क्यान्सर हुने भएकोले यसको प्रयोग गर्न हुँदैन ।

मदिराको अत्यधिक सेवन

पुरुषहरुले ४५ एमएलसम्म दिनको २ पटक र महिलाहरुले १ पटकभन्दा बढी मध्यपान गरेमा अन्ननली, आमाशय, कलेजो र स्तनका साथै विभिन्न अंगहरुको क्यान्सर हुन्छ । चाडबाडको मौका छोपी हामीकहाँ अत्यधिक मदिरा सेवन गर्ने चलन छ । यसलाई रोक्नुपर्छ । दशैँजस्तो चाडपर्वको बेलामा रक्सीको अत्यधिक खपत हुने गरेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।

पोलेर डढेको मासु र अन्य खानेकुराहरू खानाले

दशैँमा प्राय धेरैले मासु पोलेर खाने गर्दछन् । पोलेर डढेको मासुमा कार्सिनोजन हुने भएकोले बढी खाएमा आन्द्रा र रेक्टमको क्यान्सर हुने सम्भावना बढी देखिन्छ । त्यसैले, मासु कहिल्यै पोलेर खानु हुँदैन ।

चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नून खानाले

दशैँमा खसी बोका राँगा, बंगुर जस्ता रातो मासु बढी खाने चलन हुन्छ । यसले स्तन, आन्द्रा, रेक्टम, पानक्रियाज, प्रोस्टेट, किडनी, फोक्सो आदि अंगहरुको क्यान्सर बढी हुने सम्भावना हुन्छ । त्यसैले, यस्ता मासुहरु सकेसम्म नखाँऔँ, खानैपर ेपनि नियन्त्रण गरेर खाऔँ ।

अखाद्य रंग, किटनाशक औषधि प्रयोग गरिएका खानेकुराहरू

दशैँ, तिहार, छठजस्ता पर्वहरुमा अधिक प्रयोग हुने खाद्य पदार्थहरुमा अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग हुने गरेको पाइन्छ । त्यसैले, खाद्य पदार्थको खरिद गर्दा यस्ता कुरामा ध्यान दिऔँ, किनकि यस्ता खानाले आमाशय, घाँटी, आन्द्रा आदि अंगहरुको क्यान्सर हुने भएकाले यी खानेकुराहरु नखाएको राम्रो ।

बासी, सडेगलेको र ढुसी परेको खानाहरू खानाले

बासी, सडेगलेको खानाहरुमा आँखाले नदेखिने मसिना ढुसीहरु हुनसक्छ । यसमा हुने अफ्ला टोक्सिनहरुले आमाशय, कलेजो र आन्द्राहरुको क्यान्सर हुने भएकोले प्रयोग गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer