२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

दसैँमा शाकाहारी खानुका फाइदा


बिर्तामोड, कात्तिक १ । बडादसैँमा हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन् । दसैँमा मिलाएर शाकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

शुद्ध शाकाहारी हुनुका फाइदा

– दीर्घ जीवनका लागि सहायता पुर्‍याउँछ ।
– कोलेस्टोरेल लेबल घटाउन मद्दत गर्छ ।
– हृदयघात हुने जोखिम घटाउँछ ।
– डाइबिटिज हुनबाट धेरै मात्रामा रोक्छ ।
– स्वस्थ छालाका लागि पनि शाकाहारी हुनु जरुरी छ ।

– शाकाहारी भोजन गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।
– शाकाहारी भोजन गर्ने व्यक्तिलाई डिप्रेसन कम हुन्छ ।
– शाकाहारी भोजन पचाउन सहज हुन्छ ।
– आँखाको तेज बढाउन मद्दत पुर्‍याउँछ ।

– व्यावसायिक रुपमा पनि शाकाहारी भोजन गर्नेलाई फाइदा पुग्छ ।
– क्यान्सरको जोखिम कम हुन्छ ।
– मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
– उच्च रक्तचाप हुनबाट जोगाउँछ ।
– माइग्रेन हुनबाट जोगाउँछ ।

– हर्मनलाई सन्तुलित गर्न मद्दत पुर्‍याउँछ ।
– शरीरमा एलर्जी हुनबाट जोगाउँछ ।
– नङलाई मजबुत बनाउन विशेष भूमिका खेलेको हुन्छ ।
– दिमागी चुस्तताका लागि पनि भेगान खाना खानु जरुरी हुन्छ ।
– खाना पकाउँदा समयको बचत हुन्छ, शाकाहारी भोजन तयार गर्न सहज हुन्छ ।

लामो समयसम्म माछा–मासु ज्यादा खाँदा मुटुसम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकी शाकाहारी खानेकुरा खासगरी वनस्पतीजन्य खानेकुरा दुखाइ तथा सुन्निने समस्याका प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रशस्त मात्रामा फाइबर तथा एन्टिअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer