२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापाद्वारा सदस्यलाई प्रमाणपत्र प्रदान


बिर्तामोड, कात्तिक ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित समितिले सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेको छ ।

पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवनकुमार खड्काले प्रतिबद्धता जनाएअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिएको हो ।

खड्काले लगतार चार दिन झापाका बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, बाह्रदशी, हल्दिबारीका व्यवसायीलाई बडादशैँको शुभकामना दिँदै प्रमाणपत्र दिएका थिए ।

प्रमाणपत्र पाउने सबै व्यवसायीले खड्कालाई धन्यवाद दिँदै आगामी कार्यकालको सफलताको कामना गरेका थिए । छवटा पालिकाका ८५ जना व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको संघका सदस्य रेवती भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer