२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

खोकी चट बनाउने घरेलु औषधि पिपला


बिर्तामोड, कात्तिक १७ । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बृद्धासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यस समस्याबाट छुट्कारा पाउन पिपला नामको मसलाको सहारा लिन सकिन्छ । पिपलामा प्रोटिन, एन्टिइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले खोकीको समस्याबाट बच्न सकिन्छ ।

पिपला भुइँमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो । सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्दतले भुइँमा फैलिँदै जान्छ । यो हल्का सुगन्धित हुन्छ ।

पिपला एउटा गरम मसला हो । यसको सेवनले शरीरमा गर्मी ल्याउँछ । रुघाखोकीको समस्या छ भने पिपलाको धूलोको सेवन गर्न सक्नुहुन्छ । एक चिम्टी पिपलाको पाउडरलाई महमा मिसाएर खाँदा खोकी ठिक हुन्छ ।

सुख्खा खोकी लागिरहेको छ भने पिपलाको धूलोमा मह मिसाएर मनतातो पानीसँग खाँदा तीनदेखि पाँच दिनभित्र खोकीबाट राहत मिल्नेछ । कफसहितको खोकी छ भने पनि मनतातो पानीमा पिपलाको धूलो, बेसार, सुकेको अदुवा तथा मह मिसाएर पिउन सकिन्छ । साथमा यस्तो सामग्री मिसाएर चिया तयार गरेर पनि पिउन सकिन्छ ।

रुघाखोकीसँगै अन्य समस्याहरुमा पनि पिपलाको सेवन गर्न सकिन्छ । जस्तै अपच, ग्यास, एसिडिटी जस्ता पेटसँग जोडिएको समस्याहरुबाट बच्नका लागि पनि पिपलाको चिया बनाएर पिउन सकिन्छ । यसमा हुने पोषक तत्वहरु तथा मिनरल्सहरु पेटका लागि फाइदाजनक हुने गर्छ ।

निद्रा नआउने समस्याका लागि पिपलाको सेवन पनि एकदमै फाइदाजनक हुन्छ । यसका लागि राति सुत्नुअघि एक चिम्टी पिपला पाउडरलाई महमा मिसाएर खानपर्छ । त्यस्तै, मोटोपन कम गर्न पनि यसको धूलो एकदमै काम लाग्छ । यसका लागि पिपला पाउडरमा दैनिक बिहानसाँझ मह मिसाएर खाने गर्नुपर्छ ।

-एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer