२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सन्दीपको सनसनी बलिङ, खेल सुपरओभरमा


बिर्तामोड, कात्तिक १९ । नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।

ओमानलाई ७ रन चाहिएको र ६ विकेट गुमाएको अवस्थामा खेल अन्तिम ओभरमा प्रवेश गरेको थियो । कप्तान रोहित पौडेलले स्पिनर सन्दीपलाई बल थमाए । कप्तानको बोल्ड डिसिजनलाई सही सावित गर्दै सन्दीपले उत्कृष्ट बलिङको नमूना पेश गरे । पहिलो बलमा उनले एक रन खर्चिए । दोस्रो र तेस्रो बलमा उनले लगातार दुई विकेट लिएपछि नेपालको सम्भावना बलियो बन्यो ।

सन्दीपको चोंथो बलमा फयाज बटले एक रन चोर्न सफल भए । चौथो बल दुवै टीमका लागि निर्णायक बन्यो । सन्दीपलाई मोहम्मद नदिमले ठूलो सट प्रहार गरे । बल बाउन्ड्री लाइन माथि पुग्यो । कप्तान रोहित पौडेलले उडेर उक्त बललाई बाउन्ड्री लाइन भित्र पठाउने प्रयास गरे । उनले क्याच लिन सकेनन्, तर छक्का बचाए । तर, बलले बाउन्ड्री लाइनमा छोएर चौका भयो ।

त्यसपछि ओमानलाई अन्तिम बलमा जितका दुई रन चाहियो । नदीमले सट हान्न सकेनन् । बललाई नेपालले कलेक्ट गर्यो, तर ओमानले एक रन लिन सफल भयो । दोस्रो रन लिने प्रयासमा फयाज बट आउट भयो । स्कोर बराबरी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer