२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने


बिर्तामोड, कात्तिक २१ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’

यो कार्यदललाई दुईवटा विषय ‘म्यान्डेट’ दिइएको छ । कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम्भाव्यता अनुसन्धान गर्नेछ ।

गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ ।

मन्त्री महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।


कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

सरकारले गाँजा प्रयोगकर्तालाई लागुऔषध प्रयोग गरेको भन्दै पक्राउ गरेर कानुनी कारबाही गर्दै आएको छ । तर, झापालगायतका क्षेत्रमा धूपमानको रुपमा गाँजाको प्रयोग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer