२०८० मंसिर १८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाकी मेनुकालाई इण्डियन आइडलको स्टेजमै फिल्मको अफर


बिर्तामोड, कात्तिक १५ । झापा जलथलकी मेनुका पौडेललाई इण्डियन आइडलको स्टेजमै फिल्मको अफर आएको छ । इण्डियन आइडलको टप १५ मा प्रतिस्पर्धा गरिरहेकी उनलाई उक्त शोको दिपावली विशेष एपिसोडमा गेस्टले फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

मेनुकाको गायनबाट प्रभावित भएर उनले स्टेजमा भनेका छन्– एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’

फिल्मको प्रस्ताव आएपछि जज् पनि खुशी भएर ताली बजाएका छन् । कतिपय भारतीय संचारमाध्यमले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई पनि तुलना गरिरहेका छन् । इण्डियन आइडलको मञ्चमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer