२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

उर्लाबारीमा जलेर घाइतेहरुको नेपाली सेनाद्वारा जहाजमार्फत उद्दार


बिर्तामोड, कात्तिक २८ । तीन दिनअघि मोरङको उर्लाबारीमा भएको आगलागीका क्रममा घाइते भएका १० जनासहित २३ जनालाई नेपाली सेनाको जहाजले उद्दार गरेको छ ।

घाइतेहरुको बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेनाको जहाजमार्फत काठमाडौँ लगिएको हो ।

चारआलीस्थित अरिदमन गणका फौजले नेपाली सेनाको जहाजमार्फत आगलागी नियन्त्रणमा भएका घाइतेहरुको थप उपचारको लागि आज चन्द्रगढी हुँदै काठमाडौँ लगिएको हो ।

नेपाली सेनाले १० जना घाइते, १० जना उनीहरुका कुरुवा, एक चिकित्सक र एकजना स्वास्थ्यकर्मी रहेका छन् ।

नेपाली सेनाले आगोले जलेर गम्भीर घाइते बनेका उर्लाबारी ७ का कविराज दाहाल, लालबहादुर लिम्बू, नविन थापा, विक्रम शाह, प्रकाश लिम्बू, तपन पण्डित, सुजन सेन्दाङ, रुकुमबहादुर कार्की, हेमकुमार दाहाल र करण संग्रौलालाई उद्दार गरेको हो ।

उनीहरुलाई थप उपचारका लागि नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरमा भर्ना गरिएको छ । घाइतेको साथमा डा. विशाल आचार्य र एचए अमन ठाकुर पनि सँगै गएको नेपाली सेनाले जनाएको छ ।

कात्तिक २६ गते उर्लाबारी-७ बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा भएको आगलागीमा उनीहरु घाइते भएका थिए ।

उघार कार्यमा नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापा, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, नम्बर २१ फिए गुल्मका डाक्टर अधिकृत सहित अरिदमन गणका ५० जनाले सेनाको एम्बुलेन्समार्फत हेलिकप्टरसम्म पुर्‍याइएको थियो ।

आगलागीका क्रममा करिब तीन करोड ४१ लाख रुपैयाँ क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer