२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिको ठुटेवर मेला मंसिर ५ गतेदेखि


फाइल तस्वीरः शैलेश

मेचीनगर, मंसिर १ । झापाको बुद्धशान्ति–६ स्थित ठुटेवर परिसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले प्रसिद्ध ठुटेवर मेला लाग्ने भएको छ । मेला मंसिर ५ गते देखि ११ गते सम्म आयोजना गर्न लागिएको हो ।

मेला परिसरमा आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी गरिएको समितिका अध्यक्ष खड्ग पन्धाक सुब्बाले जानकारी दिए । उनले वर्षको दुईपटक बैशाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिसरमा मेला लाग्ने गरेको बताए ।

स्थानीयस्तरमा उपलब्ध कृषि सामग्रीको प्रोत्साहन तथा त्यहाँको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारी भएको हो ।

इलाम र झापाको सङ्गम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुँदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरू मेला भर्न आउने गरेको छन् ।

कोरोनाका कारण दुई वर्षयता लाग्न नसकेको ठुटेवर मेला यही कात्तिक पूर्णिमाको अवसरमा पारेर लाग्ने भएको छ । यस वर्ष पनि झापा, इलाम, लगायत छिमेकी मुलुक भारतको दार्जिलिङ सहित करिब ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।

समितिले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न कृषि सामग्रीहरूको स्टल र स्थानीय र राष्ट्रियस्तरका कलाकार साथै साहित्यकारहरूको समेत प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer