२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

१९७४ एडीले बिर्तामोडमा मंसिर २५ गते कन्सर्ट गर्ने


बिर्तामोड, मंसिर ३ । नेपाली लोक–रक ब्यान्ड १९७४ एडीले झापाको बिर्तामोडसहित नेपालका शहर र विदेशमा कन्सर्ट गर्ने भएको छ ।

ब्यान्डले ‘मिनी टूर’को घोषणा गर्दै पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ ।

मंसिर १६ गते युएईको दुबई, मंसिर १७ गते युएईको अबुधाबी, मंसिर २३ गते पोखरा, मंसिर २५ गते बिर्तामोड र मंसिर २९ गते काठमाडौँमा कन्सर्ट गर्ने ब्याण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दार्जिलिङमा हुन लागेको पाइन ट्रि फेस्टिभलमा ब्यान्डले हेडलाइनरको रुपमा सांगीतिक प्रस्तुति दिन लागेको हो ।

मिनी टुरकै लागि भनेर ब्यान्ड सदस्य भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रिन प्रधान र फ्लुटिस्ट मनोज सिंह अमेरिकादेखि आइसकेका छन् ।

नेपालमा रहेका अन्य सदस्यहरु निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित उनीहरु अभ्यासमा जुटेका थिए ।

सन् १९९४ मा झम्सिखेलबाट सुरुवात भएको ब्याण्डले ९ एल्बम निकालेको छ जसमा ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ लगायत एल्बम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer