२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा आफ्नै घाँटी काटेर आत्महत्या


बिर्तामोड, मंसिर ४ । झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

स्थानीय एसबिआई इँटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ०८ः३० बजे छिमेकीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । गए राति अकस्मात खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए ।

उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer