२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ठेकेदार लापरबाहीको चिन्ताः तुलसी पानी समाउन लगाएर उपभोक्ताले खुवाए कसम


बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडमा उपभोक्ताहरुले बाटो बनाउने ठेकेदारलाई तुलसी पानी समाउन लगाएर समयमै काम पूरा गर्ने कसम खान लगाएका छन् ।

बिर्तामोड-९ सहिद चन्द्र मार्गको बाटोको शिलान्यास गर्दैगर्दा उपभोक्ताहरुले ठेकेदार कम्पनीका प्रतिनिधि दलवीर लिम्बूलाई तुलसी पानी समाउन लगाई कसम खुवाएका हुन् ।

सडक बोर्डले हल्दिबारीको सिमाना सम्झनाचोकदेखि उत्तरपट्टि प्लमसहित ४५० मिटर कालोपत्रे बाटो निर्माण गर्नका लागि एक करोड बजेट छुट्याएको थियो ।

ठेक्का प्रक्रियामा जनकपुरको एसबिएम कन्स्ट्रक्सनले ४० प्रतिशत कम रेट (६० लाख) मा सो बाटो ठेक्कामा पारेको हो ।

४० प्रतिशत कम रेटमा ठेक्का लिएका ठेकेदार कम्पनीका प्रतिनिधि लिम्बूलाई शिलान्यास कार्यक्रममा उपभोक्ताले संकल्प गर्न लगाएका हुन् ।

कात्तिकमा सम्झौता गरेको कम्पनीको काम सक्ने अन्तिम म्याद आगामी जेठसम्म रहेको छ । ४५० मिटर लम्बाई र ७ मिटर चौडाई हुने सडकको दुवैपट्टि प्लम र प्लमभित्र एकएक मिटर पैदलमार्ग रहने सडक डिभिजन दमकका डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए ।

उनले सडक बोर्डबाटै पुनः सो बाटोको लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । त्यसबाट ८ सय मिटर बाटो बन्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer