२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेनुकाको खुट्टा छोएर रणवीर कपुरले मागे आशीर्वाद


बिर्तामोड, मंसिर ८ । चर्चित रियालिटी शो इन्डियन आइडलमा धमाका मच्चाइरहेकी झापा जलथलकी गायिका मेनुका पौडेलको दमदार प्रस्तुति सुनेर बलिउडका नायक रणवीर कपुरले खुट्टा छोएका छन् ।

भोलि शनिबार प्रस्तुत हुने शोमा रणवीरले मेनुकाको खुट्टा छुँदै आशीर्वाद मागेका छन् । उनले आफू मेनुकाको फ्यान भएको बताएका छन् । मेनुकाले रणवीर अभिनीत फिल्म तमाशाको ‘अगर तुम साथ हो’ बोलको गीत गाएकी छन् ।

यसअघिको शोमा पनि बलिउड निर्देशक महेश भटट्ले मेनुकाको स्वर सुनेर आफूलाई सम्हाल्न सकेका थिएनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिएका थिए ।

मेनुकाले उक्त गीत गाउँदा कपुरसहित नायिका रश्मिका मान्डणा, जजहरु श्रेया घोषाल, कुमार सानु भावविह्वल देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer