२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लाल भागिरथा बानियाँ प्रतिष्ठानले शर्मा, राउत र लुइँटेललाई पुरस्कृत गर्ने


मेचीनगर, मंसिर ८ । झापाको मेचीनगरमा रहेको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरेर पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको हो ।

लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।

त्यस्तै, लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत सम्मानित हुने भएका छन् ।

लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट बिर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई सम्मानित गरिने भएको छ । सबै पुरस्कारको नगद राशि जनही ३१ हजार रुपैयाँ रहेको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, कृषि र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई पुरस्कार दिँदै आएको छ । यस वर्ष एक जोडी ज्येष्ठ नागरिकलाई समेत सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।

यही मंसिर २० गते धाइजनमा एक समारोहबीच पुरस्कार वितरण गरिने बानियाँले जानकारी दिए । सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत पाँच वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer