२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भ्रमण प्याकेज र पर्यटकको सेवाबारे पाँच दिने प्रशिक्षण सुरु


बिर्तामोड, मंसिर ९ । पूर्वी नेपालमा भ्रमण प्याकेजको उत्पादन र पर्यटकको सेवाका बारेमा जानकारी दिनका लागि पाँच दिने प्रशिक्षण सुरु भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको आयोजनामा बिर्तामोडको सिपी होटलमा आजबाट सुरु प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ ।

आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेको पूर्वी नेपालमा अधिक पर्यटक आकर्षण गर्न प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा भ्रमण प्याकेज कसरी र कस्तो बनाउने, पर्यटकहरुलाई सेवाहरु कसरी प्रदान गर्ने भन्नेबारेमा केन्द्रित हुनेछ ।

नाट्टा कोशी प्रदेश अध्यक्ष पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा नाट्टा केन्द्रीय सचिव एवम् तालिम संयोजक युविका भण्डारी, विनय शाक्य, पंकज प्रधानांग लगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा झापाका पर्यटन तथा होटल व्यवसायी, सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी, व्यवसायीको सहभागिता रहेको छ ।

नाट्टा कोशी महासचिव नविन खरेलले सञ्चालन गरेको प्रशिक्षणलाई नेपाल पर्यटन बोर्ड, युएनडिपी लगायतका संस्थाले सहयोग गरेका छन् । जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत प्रशिक्षण दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer