२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कमलमा दाउले हानेर बुवाको हत्या


बिर्तामोड, मंसिर १झापाको कमल गाउँपालिकामा छोराले दाउले टाउकोमा हानेर बुवाको हत्या गरेका छन् । छोराले दाउले हिर्काउँदा बाबुको घटनास्थलमै मृत्यु भएको हो ।

कमल गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीर्य भोलाकुमार तामाङलाई छोरो २३ वर्षीय आशिष तामाङले दाउले प्रहार गरेका थिए । प्रहरीका अनुसार आज बिहान साढे ६ बजे आशिषले बुवालाई दाउले हानेका थिए ।

आशिषले बुवा भोलाको टाउको र दाहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल ४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाका बारेमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer