२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्याब्सनको नृत्यमा बेल्स मोडेल स्कुल दुई विधामा प्रथम


बिर्तामोड, मंंसिर १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोडको बेल्स मोडेल इङलिस स्कुल दुईवटा विधामा प्रथम भएको छ ।

प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिकतहको नृत्य प्रतियोगितामध्ये प्राथमिक र माध्यमिकतहको नृत्य प्रतियोगितामा बेल्स प्रथम भएको हो । माध्यमिकतहको नृत्य प्रतियोगितामा बेल्ससँगै कोहेड एजुकेसन फाउन्डेसन पनि प्रथम भयो ।

माध्यमिक तह (कक्षा ९–१२ ) को सांस्कृतिक नृत्यतर्फ कञ्चनजंघा इङलिस हाइ स्कुल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तेस्रो भएको बेल्स इङलिस स्कुलका प्रिन्सिपल ताराकुमार प्रसाईंले जानकारी दिए ।

प्राथमिक तह (कक्षा १–५) अन्तर्गतको सामुहिक नेपाली आधुनिक गीत नृत्य प्रतियोगितामा चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल द्वितीय र कञ्चन इङलिस स्कुल तृतीय भए ।

निम्न माध्यमिक तह (कक्षा ६–८) अन्तर्गतको राष्ट्रिय गीत नृत्य प्रतियोगितामा न्युटन्स एजुकेसन एकेडेमी प्रथम, बुद्ध स्मृति एजुकेसन फाउन्डेसन द्वितीय र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तृतीय भए ।

प्रतियोगिताका प्रथमले आगामी पुस १ र २ गते दमकको पशुहाटमा हुने प्याब्सन झापाको जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छन् ।

प्रतियोगितामा ५० वटाभन्दा वढी विद्यालयको सहभागिता रहेको थियो । प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन बिर्तामोडका सहसचिव देवेन्द्र हुुमागाईंले स्वागत गरेका थिए ।

प्रतियोगिताका विजेता विद्यार्थीलाई ट्रफी, मेडल प्रदान गरिएको कार्यक्रमको सञ्चालन प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेल र प्याब्सन बिर्तामोडका सहसचिव देवेन्द्र हुुमागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer