२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

‘इम्युनिटी पावर’ बढाउने सात ‘सुपर फुड’


बिर्तामोड, मंसिर १५ । खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमि आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।

खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्युनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त हुन्छ ।

रातो क्याप्सिकम

रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबुत बनाउँछ, जसले इम्युनिटी बढाउँछ ।

ब्रोकाउली

बोकाउलीमा भिटामिन सी अत्यधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टिअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्युनको मजबुत बनाउँछ ।

चना

चनामा प्रोटिन अत्यधिक हुन्छ । चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठिक तरिकाले काम गर्न सक्छ । चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्युन सिस्टम र इम्युन रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।

लसुन

लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्युनिटी समेत बढ्दछ ।

च्याउ

च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्सियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । साथसाथै, यसले इम्युनिटी पावर बढाउनमा सहयोग गर्छ ।

पालुंगो

पालुंगोमा भिटामिन सी र एन्टिअक्सिडेन्ट्स अत्यधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालुंगोमा भिटा क्यारोटिन समेत पाइन्छ, जुुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्युन फङ्क्सनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।

दही

दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो । यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्युन सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेवनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लुएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer