२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

जागृति नकआउट फुटबलः उपाधिका लागि आयोजक र बहुबन खेल्दै


मेचीनगर, मंसिर १७ । झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज आयोजक जागृति क्लब र बहुबन एफसी भिड्दै छन् ।

यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका थिए ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer