२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको प्राणनाथ सामुदायिक सत्सङ्ग भवनमा महापुराण हुने


बिर्तामोड, मंसिर १७ । झापाको बिर्तामोड–४ स्थित श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समितिको आयोजनामा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

यही मंसिर २३ गतेदेखि २९ गतेसम्म सप्ताहव्यापी ज्ञान महायज्ञ हुने लागेको बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । सत्सङ्ग भवनको प्रवर्धनसँगै विश्व शान्तिको कामनासाथ ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।

श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समिति युवा परिषद अध्यक्ष खगेन्द्र कुँवरका अनुसार महायज्ञमा गुरुजी श्री १०८ मोहनप्रियाचार्यजी महाराज मंगलधाम कालेबुङ तथा सन्तशिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराज भारतको बृन्दावन र मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदासजी महाराज आउने छन् ।

श्रीमत्तारतम ब्रह्मवाणी चर्चा विदुषी सुश्री पुजन शिखा र कथा व्यास स्वामी श्रीराजदासजी महाराजले गर्ने मुल आयोजक समितिका संयोजक लक्ष्मी पाठकले जानकारी दिए ।

मंसिर २३ गते कलशयात्रा नगर परिक्रमापछि हुने महायज्ञको उद्घाटन सांसद राजेन्द्र लिङदेनले गर्ने कार्यक्रम तय भएको श्रीकृष्ण प्रणामी नेपाल युवा परिषद कोशीका अध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक अनिल ढुंगानाले बताए ।

सत्सङ्ग भवनको थप निर्माण, अपुग जग्गा व्यवस्थापनलगायतका मुल उद्देश्यका साथ आयोजना गर्न लागिएको महायज्ञमा करिब २५ लाख रुपैयाँ खर्च हुने र एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको मन्दिरका अध्यक्ष प्रेमप्रसाद कडरियाले बताएका छन् ।

मुल आयोजक समितिका अध्यक्ष लक्ष्मी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्यामकृष्ण शर्मा, सेवा समितिका उपाध्यक्ष कृष्णप्रसाद बजगाईं, युवा परिषदका कोशी अध्यक्ष अनिल ढुंगाना, झापा अध्यक्ष टहलदास ओली, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–४ का पूर्ववडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, चारपाने मन्दिरका अध्यक्ष राजेन्द्र बस्नेत, आदर्श टोलका अध्यक्ष यादवकुमार ओलीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

मन्दिरका उपाध्यक्ष ऋषिराम थपलियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्दिरका सचिव मनोज बजगाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer