२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड एकाबिहानै दुर्घटना हुँदा एकजना घाइते


बिर्तामोड, मंसिर १९ । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको राजगढ बस स्टेन्डमा दुईवटा कार एकआपसमा ठोक्किँदा एकजना घाइते भएका छन् ।

आज (मंगलबार) बिहानै पूर्वबाट पश्चिमतर्फ गइरहेको को. १ ज ३४९१ नम्बरको बोलेरो भेन र पश्चिमबाट पूर्वतर्फ गइरहेको डब्ल्युबि ७४ एडब्ल्यु ९९९३ नम्बरको भारतीय कार आपसमा ठोक्किएका थिए ।

कार दुर्घटना हुँदा कार चालक घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना बिहान ०५ः४५ मा भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer