२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोससबाट हल्दिबारीकी किशोरीको निधन


भद्रपुर, मंसिर २१ । दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोसस (एसएलइ) बाट ग्रसित झापा हल्दिबारीकी एक किशोरीको निधन भएको छ । झापामा पहिलोपटक देखापरेको सो रोगबाट हल्दिबारी–२ की १६ वर्षीया किशोरीको मंसिर १२ गते निधन भएको हो ।

उनलाई दुई वर्षअघि सो रोग पुष्टि भएको थियो । सिकिस्त भएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ उपचार नभएपछि घर ल्याइएको र घरमै निधन भएको आफन्तले जनाएका छन् ।

झापामा पहिलोपटक एसएलइ रोग देखापरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार यसअघि कसैलाई पनि यो रोग लागेको थिएन । नेपालमा पनि सो रोगको संक्रमणका बारेमा त्यति थाहा नभएको उनले बताए ।

भारतमा सो रोग प्रतिदस लाखमा ३० जनालाई देखापर्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरुषको तुलनामा महिलाहरू सो रोगबाट बढी प्रभावित हुने गरेका छन् ।

एसएलई एक प्रतिरक्षा प्रणालीमा लाग्ने रोग हो । यसमा शरीरको प्रतिरक्षा प्रणालीले रगतमा अधिक मात्रामा एन्टिबडी प्रवाह भई आफैँलाई आक्रमण गर्ने गर्दछ ।

प्रायःजसो शरीरको मुख्य अङ्ग मुटु, मिर्गौला, फोक्सो, रक्तसञ्चार, मस्तिष्क, जोर्नीलगायतमा असर गर्ने यो एक दीर्घरोग भएको चिकित्सकहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer