२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र


बिर्तामोड, मंसिर २२ । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ ।

आर्थिक वर्ष ०७२/०७३ देखि नै घर नक्साका प्रमाणपत्रमा ‘एरर’ आएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरपालिकाको शाखामा भएको प्रमाणपत्र र जारी भएका प्रमाणपत्र पनि फरक परेका छन् ।

ती प्रमाण पत्रमा प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा, घर नक्सा शाखा, पालिकाको सरकारी छाप, दर्ता नम्बर र चलानी नम्बर पनि कीर्ते भएको सूचना शाखाले जनाएको छ । घर नक्सा जारी भएका प्रमाणको एउटा चलानी पुस्तिका नै गायब छ ।


शिवसताक्षी नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीका अनुसार कम्तिमा १५० वटा सेवाग्राहीका फायल ‘एरर’ आएको छ । यो घटनाको छानबिन गर्न शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्मा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको उनले बताए ।

कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनुपर्ने राजश्व पनि कर्मचारीको हातमा बुझाएको पाइएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको रकम कन्सल्टेन्सीमार्फत नगरमा दाखिला नभएको नगरपालिकाले जनाएको छ ।

कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुनले शाखामा गएर आफैँ दर्ता, चलानी, कार्यालयको छाप प्रमाणपत्रमा लगाउने गरेकाले पनि यो समस्या आएको हो । उनी कन्सल्टेन्सीका प्राविधिक हुन् । यतिबेला उनी वैदेशिक रोजगारमा छन् ।

सेवाग्राहीका अधिकांश फायल अद्यावधिक हुनुपूर्व नगरमा सूचीकृत भएको आवास इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer