२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाटोमा भेटेको पैसा टिप्दा के हुन्छ ?


बिर्तामोड, मंसिर २३ । तपाईंले बाटोमा हिँडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् ।

भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् भने केहीले भेटिएको पैसा दान दिने गरेका छन् ।

हिन्दू धर्म दर्शनको मान्यताअनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरकफरक अर्थ रहेका छन् । जमिनमा फेला परेको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ ।

प्रतिकात्मक रुपमा कुरा गर्ने हो भने धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ । यसको सम्बन्ध इतिहासका साथ पनि छ किनकि यो एक अर्कासँग पुग्छ ।

जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको ऊर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो शृंखला बढ्दै जान्छ ।

हरेक व्यक्तिको ऊर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको ऊर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।

चीनमा सिक्कालाई किनमेलको बस्तुमात्र नभएर गुडलकको रुपमा पनि हेरिन्छ भने नेपाल र भारतमा धनलाई लक्ष्मीसँग जोडेर पनि हेरिने गरिएको छ । यसर्थ अप्रत्याशित रुपमा पाइने पैसालाई राम्रो मानिने गरिएको छ ।

यसको सम्बन्ध परलौकिक शक्तिका साथ पनि छ । सिक्काको माध्यमबाट तपाईंलाई यस्तो जानकारी दिन चाहन्छ कि तपाईं स्वयमलाई कम नआक्नुहोस् । यदि तपाईंले आफ्नो आत्मविश्वास गुमाउनु भएको छ भने त्यसलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ ।

-धार्मिक ग्रन्थहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer