२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

घरेलु हिंसाको मुख्य कारण मदिरा


स्केचः युवक/ नागरिक न्युज

बिर्तामोड, मंसिर २४ । विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी दर्ता भएकामा २१५ उजुरी मापसेका कारण भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा २२० उजुरीमध्ये ७१ मापसेसँग सम्बन्धित छन् । आर्थिक वर्ष २०७८/०७९ मा २४७ उजुरीमध्ये ७६ तथा आर्थिक वर्ष २०७९/०८० मा १५५ उजुरीमध्ये ६८ मापसेका कारण भएका सूचना अधिकारी रिजालले बताए ।

कुटपिट, झैझगडा, गरिबी र फोनका कारण पनि घरेलु हिंसाका घटना भएको भन्दै प्रहरीमा उजुरी पर्ने गरेको छ । तीन वर्षयता झैझगडाका २११, गरिबीका ११० र फोनका ८१ उजुरी प्रहरीमा दर्ता भएको तथ्याङ्क छ ।

यस्ता घरेलु हिंसाका उजुरी प्रायः सहमतिमा टुङ्गिने गरेका छन् । कुटपिट र झैझगडाका उजुरी छलफलपछि पनि नमिल्दा अदालतसम्म पुग्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer