२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा क्याम्पसका अध्यक्ष थापा चढेको कार आसाममा दुर्घटना, तीनजना घाइते


मेचीनगर, मंसिर २४ । मध्यरातमा चालक निदाएपछि काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा चढेको कार भारतमा दुर्घटना भएको छ ।

भारतको आसाममा कार दुर्घटना हुँदा थापासहित तीनजना गम्भीर घाइते भएका छन् । शनिबार बिहानको राति १ बजे गुवाहाटीबाट मणिपुर जाँदै गर्दा हजाई भन्ने स्थानको पुलमा कार ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

राति १ बजे चालकसहित सबैजना निदाएको बेला कार पुलमा ठोकिएको हुन सक्ने अनुमान परिवारको छ । थापाको गुवाहाटीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

उनको पछाडिपट्टि ढाडमा चोट लाग्नुका साथै दुईवटा करङ भाँचिएको बताइएको छ । कारमा थापा, उनका आफन्त बब्लु क्षेत्री, क्षेत्रीका आफन्त एकजना महिला र चालक रहेको बुझिएको छ ।

बब्लु क्षेत्रीको टाउकोको हड्डी भाँचिएको, महिलाको खुट्टा भाँचिएको छ भने चालक सकुशल रहेको बताइएको छ ।

पानीट्यांकी निवासी बब्लु क्षेत्रीको सासूआमाको १३ दिनको काममा उनीहरु शुक्रबार मणिपुर गएका थिए । अध्यक्ष थापाको टोली गुवहाटीमा काकाको घरमा राति खाना खाएर मणिपुरतिर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer