२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ


दमक, मंसिर २६ । झापाको दमकबाट प्रतिबन्धित लागुऔषधसहित सोमबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीको संयुक्त प्रहरी टोलीले दमक ३ का २४ वर्षीय भीमबहादुर राई र सोही स्थानका २१ वर्षीय विकास घलेलाई पक्राउ गरेको हो ।

राईको घरमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर २ ग्राम, नगद १४ हजार रुपैयाँ र ५ थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सामानसहित दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer