
बिर्तामोड, मंसिर २६ । जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ । अन्जन विष्टको पासमा ३९औँ मिनेटमा गोल गर्दै सान्चेजले झापालाई जित दिलाए ।
चोटका कारण दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवातीबाट नै खेलेका थिए । झापाका युवा डिफेन्डर योगेश गुरुङ पछिल्लो खेलमा रातो कार्ड खाँदै आजको खेलका लागि निलम्बित भएका कारण टोलीमा थिएनन् । उनको स्थान विशाल बस्नेतले लिएका थिए ।
खेलमा स्पष्ट मौकाहरु भने झापाले नै बनायो । बुटवलले मौका सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेन । ३९ औँ मिनेटमा भने झापाले अग्रता लियो । धेरै आलोचना खेपेका सान्चेजले अन्जन विष्टले पासमा गोल गर्दै खेलमा झापालाई अग्रता दिलाए ।
दोस्रो हाफ भने पहिलो जस्तो घटानात्मक रहेन । दुवै टोलीबाट धेरै मौका सिर्जना हुन सकेन ।
झापा पाँच खेलमा ६ अंक सहित छैटौँ स्थानमा उक्लिएको छ । बुटवल छ खेलमा ७ अंकसहित पाँचौँ स्थानमा यथावत छ ।




