२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको न्यु स्टार क्लब सरिजंघा गोल्डकपको फाइनलमा


बिर्तामोड, मंसिर २७ । झापा बिर्तामोड-७ खोपबाडीको न्यु स्टार क्लब ताप्लेजुङमा जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज तेल्लोक माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडन डेथमा पराजित गर्दै न्यु स्टारले दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा झापा र उदयपुरले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय लिन टाइब्रेकर रोजिए पनि दुवै टोलीले ४–४ गोलको बराबरी गरे । अन्ततः सडन डेथमा न्यु स्टार ५–४ गोलअन्तरले विजयी बन्यो ।

झापाका गोलरक्षक चरी लिम्बू र उदयपुरका गोलरक्षक सन्दिप लिम्बूले एकएक प्रहार रोकेका थिए । तर, उदयपुरका प्रविण श्रेष्ठको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएपछि झापाले फाइनलमा स्थान बनाएको हो । न्यु स्टार दोस्रो संस्करणको उपविजेता टोली हो ।
आजको खेलको म्यान अफ दि म्याच झापाका कप्तान सनम राई घोषित भए ।
त्येअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer