२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिको बर्नेमा फुटबल प्रतियोगिता हुने


मेचीनगर, मंसिर २७ । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो ।

यही पुस २१ गतेदेखि २८ गतेसम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले जानकारी दिएको हो ।

आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली माबोका अनुसार खेल क्लबस्तरीय खुला प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद २५ हजार ५५५, मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहनकुमार माबोले बताए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तरोन्नति गर्ने योजनाअनुरुप खेलको आयोजना गरिएको हो ।

खेललाई मर्यादित र व्यवस्थापन गर्न रत्न फेम्बो, मिलन लिम्बू, सूर्यमान सुब्बा लगायतका स्थानीय युवाहरु लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer