२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

धानमा आगो लाग्दा गौरीगञ्जमा एक लाखको क्षति


दमक, मंसिर २८ । हिजो बुधबार साँझ गौरीगञ्ज ४ चन्द्रवंशी टोलमा आगलागी हुँदा स्थानीय जगदीश मेहताको एक बिघा खेतको धान जलेर नष्ट भएको छ ।

मेहताको खेतमा जम्मा गरेर राखिएको एक बिघा खेतको धानमा साँझ पौने सात बजेको समयमा अचानक आगलागी भएको थियो ।
स्थानीयबासीले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ साढे सात बजे आगो पूर्ण रुपमा निभाइएको थियो । आगलागीबाट एक लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer