२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीको तोरीबारीमा जंगली हात्ती मृत भेटियो


बिर्तामोड, मंसिर २८ । केही सातादेखि बाह्रदशी क्षेत्र आसपासमा रहेको जंगली हात्ती मृत अवस्थामा भेटिएको छ ।

बाह्रदशी गाउँपालिका–१ बागमता क्षेत्रमा हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयको सुटुनी खाएर क्षति  पुर्‍याएका कारण उनीहरुले थापेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ ।

स्थानीय नरेन्द्र राईको बारीमा रहेको सुटुनी खाएको सो हात्ती नजिकैको तोरीबारीमा मृत भेटिएको हो । हात्तीका दुवै दाह्रा सुरक्षित छन् ।

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ । यो वर्ष झापामा तीनवटा हात्तीको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो । उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer