२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

स्ट्रेन्थ लिफ्टिङको विश्व च्याम्पियनसिपमा भाग लिने झापालीको विदाइ


बिर्तामोड, मंसिर २९ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा भाग लिन जाने झापाका खेलाडीलाई शुभकामनासहित विदाइ गरिएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिले आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरेर झापाका खेलाडी तथा एकजना निर्णायकलाई शुभकामनासहित विदाइ गरेको हो ।

भारतको हैदरावादमा हुने प्रतियोगितामा भाग लिन झापाबाट प्रसिद्धभक्त लावट, मेनुका पौडेल र सोनी दास तथा अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा अर्जुन लम्साल जाँदैछन् ।

झापाका खेलाडी र रेफ्रीसँगै समितिले सुनसरीका खेलाडी कविराज भगत प्रधानांग र उदयपुर जिल्ला स्ट्रेन्थ लिफ्टििङ संघका अध्यक्ष कुलबहादुर तामाङलाई पनि विदाइ गरेको थियो ।

उनीहरुलाई समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रवक्ता जगन कार्की, सदस्य सिएम खनाल, नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेल लगायतले जितको शुभकामना दिँदै विदाइ गरेका थिए ।

हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा यही पुस २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगितामा युरोप, अमेरिका, एसियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer