२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

साह्रो-गाह्रोमा आफैँ प्रसूति गराउँछिन् गाउँपालिका उपाध्यक्ष थपलिया


बिर्तामोड, पुस १ । जनप्रतिनिधि हुनअघि धेरैजना उम्मेदवार आआफ्नो पेसा व्यवसायमा थिए । चुनाव जितेपछि स्थानीय तहमा कार्यकारी पदमा रहेका थोरैमध्ये उदाहरण हुन्, झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलिया ।

जनप्रतिनिधि बन्नुअघि ‘अञ्जु दिदी’ शरणामती स्वास्थ्य चौकीकी स्वास्थ्य कार्यकर्ता थिइन् । तर, हाल कार्यवहाक अध्यक्ष रहेकी थपलियाले आज आफ्नै गाउँपालिकाकी एकजना गर्भवती महिलाको सफल प्रसूति गराएकी छन् ।

ती गर्भवती महिलाको पेटमा बच्चा उल्टो अवस्थामा रहेको जानकारी पाएपछि आफैँ सक्रिय भएर प्रसूतिका लागि खटिएकी थिएन् । थपलियाले उपाध्यक्ष भईकन यसअघि पनि स्थानीय महिलाहरुको प्रसूति गराइसकेकी छन् ।

ती महिलाको प्रसूतिपछि थपलियाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आधारभूत अस्पताल टाघनडुब्बाबाट दिनको १ः०० बजे एक्कासि कल आयो र एउटा महिलाको पेटमा बच्चा उल्टो बसेको कारण समस्या परेको जानकारी आयो । कार्यालयमा कार्यव्यस्तताका बाबजुद म दगुरेँ, स्वास्थ्यकर्मीको सहायतामा आफैँ लागेर यो नानीको डेलिभरी गराउन सफल भएँ ।
धन्यवाद सम्पूर्ण टिमलाई……
बाबुलाई झापा गाउँपालिकामा स्वागत ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer