२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्घटनामा गम्भीर घाइते विपिनको आठ महिनापछि मृत्यु


बिर्तामोड, पुस २ । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भई घरमै आराम गरिरहेका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ ।

बिर्तामोडमा विपिन हेल्मेट हाउस एन्ड एसोसरिज पसल सञ्चालन गर्दै नेपाल गत चैतमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते बनेका थिए ।

मोटरसाइकल स्पेयर्स पार्ट्स व्यवसायी संघ बिर्तामोडका सदस्य समेत रहेका ३५ वर्षीय नेपालको आज बिहान १० बजे घरमै मृत्यु भएको हो । गत चैत महिनाको अन्तिममा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा उनी घाइते भएका थिए ।

उनलाई बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो । त्यसपछि घरमै लगिएको थियो ।

उपचारमा २० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि पत्नी मिना निरौलाले विपिन बचाऔँ अभियान सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer