२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मुख र जिभ्रोमा खटिरा आए यस्तो छ उपचार


बिर्तामोड, पुस ३ । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ ।

मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । यसको घरेलु उपचार सम्भव छ ।

लिकोरिस वा मुलेठी

मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।

घ्यूकुमारी

घ्यूकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।

नरिवल पानी
नरिवलको पानीले पनि खटिरा ठिक पार्छ ।

हरियो धनियाँको रस

धनियाँलाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् ।

मह

महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।

अलैँची चूर्ण

अलैँचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि र्‍याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् ।

अम्बाको पात

अम्बाको पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer