२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड चिल्ड्रेन हस्पिटलको सहयोगमा हल्दिबारीमा निःशुल्क स्वास्थ्य शिविर


बिर्तामोड, पुस ३ । बालबालिकाका लागि छुट्टै अस्पताल सञ्चालन गर्दै आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले हल्दिबारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा चिल्ड्रेन हस्पिटलको चिकित्सकीय तथा प्राविधिक सहयोगमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

चिल्ड्रेन हस्पिटलका प्रमुख तथा बालरोग विशेषज्ञ डक्टर रूपक आचार्यले स्थानीय १५० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आएका ४५ जनाको रगत तथा पिसाब जाँच गरिएको थियो ।

परीक्षण गरिएकामध्ये धेरैजसो बालबालिकामा पिसाबको संक्रमण देखिएको डक्टर आचार्यले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

हल्दिबारी वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको शिविरको उद्घाटनमा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer