२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता संखुवासभामा हुने


बिर्तामोड, पुस ४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ ।

सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता यही फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

कोसी प्रदेश भलिबल संघ र संखुवासभा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुने प्रतियोगिताको संयोजन संखुवासभा जिल्ला भलिबल संघले गर्ने संघका केन्द्रीय उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

प्रतियोगितामा सातवटा प्रदेशका टिम, नेपाल आर्मी, नेपाल एपिएफ र नेपाल प्रहरीको गरी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सदस्य सचिव वाग्लेले बताए ।

त्यस्तै, तेस्रो हुने टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा चौथो हुने टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बोर्डले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा विधागत खेलाडीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने उपाध्यक्ष खड्काले बताए ।

यसअघि बैशाख १६ गते दमकमा सम्पन्न कोसी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको थियो ।

कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको थियो । फाइनलमा गण्डकीले २५–१९, २५–२० र २५–१० ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer