२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?


बिर्तामोड, पुस ४ । अपर्याप्त मात्रामा हिँडाइका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ । नियमित हिँडाइ शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मस्तिष्कघात, हृदयघात जस्ता रोगहरुको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ । विभिन्न प्रकारका क्यान्सरहरुका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्वपूर्ण मानिन्छ ।

स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको मानसिक स्वास्थ्य राम्रो भएको हामी पाउँछौँ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको हाडजोर्नी समेत बलियो हुने गर्छ ।

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने?

२० वर्ष उमेर काटिसकेपछि सहरमा बस्ने जोसुकैलाई पनि प्रेसर, सुगर जस्ता समस्या आउने गर्छन् । त्यसैले, त्यस्ता व्यक्तिले दैनिक ६० मिनेट हिड्ँनैपर्ने हुन्छ ।

उमेर बढ्दै जाँदा मानिसमा रोग पनि बढ्दै जाने गर्छ । प्रदूषण तथा वंशाणुगत कारणले लाग्ने रोग बाहेक अन्य रोगहरु लाग्न नदिनका लागि मानिसको प्रयत्नले पनि काम गर्छ । मानिसले शारीरिक व्यायामद्वारा भने रोग लाग्ने सम्भावनालाई भने कम गर्न सक्छ ।

३० वर्षभन्दा कम उमेरका व्यक्तिले दैनिक आधा घन्टा हिँड्नैपर्ने हुन्छ । ३० देखि ४५ वर्षसम्मका मानिसहरुले दैनिक ४५ मिनेटसम्म हिँड्नुपर्ने हुन्छ । ४५ वर्षदेखि ६० वर्षसम्मका मानिसले भने दैनिक १ घन्टासम्म हिँड्नु फाइदाजनक हुन्छ ।

त्यस्तै, ६० देखि ८० वर्षका मानिसहरुले दैनिक विस्तारै २ घन्टा हिँडेको स्वास्थ्यका लागि हितकर हुन्छ । यसरी हिँडेमा अचानक हुने मृत्यु तथा अन्य स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ ।

जो व्यक्ति शारीरिक रुपमा निष्क्रिय छ त्यस्ता व्यक्तिलाई सुगर, प्रेसर लगायतका विभिन्न रोगहरुको बढी लागेको पाउन सकिन्छ । शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरु मानसिक रुपमा समेत स्वस्थ भएको पाइन्छ । शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाएमा मुटु रोग लाग्ने सम्भावना घटाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।
-डक्टर ओममूर्ति अनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer